NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रक्सी खाएर होहल्ला गर्ने प्रहरी निलम्बित

काठमाडौं । रक्सी खाएर सडकमा अमर्यादित हर्कत गर्ने प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीमा कार्यरत प्रहरी जवान रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि शुक्रबार सवारी चेकजाँच गरेका थिए । त्यसक्रममा स्थानीयले प्रतिकार गरेपछि उनी अर्धनग्न भएर गालीगलौजमा उत्रिएका थिए । पछि यससम्बन्धी भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो । घटनालाई लिएर स्थानीय र सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेपछि जिल्ला प्रहरी कार्यालय, सप्तरीले निलम्बन गरेको हो ।

सो कार्यालयका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले यसबारे छानबिन गर्न रायलाई निलम्बन गरिएको जानकारी दिए ।

प्रहरी जवान रायसँगै अन्य व्यक्तिले पनि शुक्रबार होहल्ला गरेर सडकमा तमासा देखाएका थिए । त्यसमा संलग्नमध्ये ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।