NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेपाली टोलीलाई हौसला दिन प्रधानमन्त्री प्रचण्ड पुगे क्रिकेट मैदानमा (फाेटाेफिचर)

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् ।

नेपाल र यूएई बीचको खेलमा नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रचण्ड क्रिकेट मौदानमा गएको उनको प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ। घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ।

तस्बिर : क्यान