NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सरकारी संस्थामा जागिरै जागिर, वैज्ञानिक मात्रै १६८ मागियो (विज्ञापनसहित)

काठमाडौं । विभिन्न सरकारी निकायले खुला प्रतिस्पर्धाबाट कर्मचारीको स्थायी पदपूर्ति गर्न शुक्रबार विज्ञापन आह्वान गरेका छन् । विज्ञापन आह्वान गरिएका पदमा वैज्ञानिकदेखि चार्टड एकाउन्टेन्टसम्म छन् ।

कृषि अनुसन्धान परिषद् (नार्क) ले मात्रै ३६७ कर्मचारी माग गरेको छ । प्रशासनलगायत विभिन्न पदमा पनि जनशक्ति माग गरिएको भए पनि सबैभन्दा धेरे वैज्ञानिकमा विज्ञापन गरिएको छ ।

नार्कले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई ३० दिनभित्र आवेदन दिन सूचनामार्फत आह्वान गरेको छ । दोब्बर दस्तुर तिरेर थप अर्को एक साता पनि आवेदन दिन सकिन्छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेडले पनि विभिन्न पदमा २४ जना कर्मचारी माग गरेको छ ।लिमिटेडले तह ९ को प्रशासन व्यवस्थापकदेखि तह ४ को प्रशासन सहायकसम्मका पदमा विज्ञापन गरेको हो । आवेदन प्रकाशित भएको मिति २१ दिन र दोब्बर दस्तुर तिरेर थप एक सातासम्म बुझाउन सकिनेछ ।

हेर्नुहोस् सूचना