तीन दिन वर्षा हुने

काठमाडाैं । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले काठमाडौँसहित देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका पश्चिम र सुदूरपश्चिम क्षेत्रका अधिकांश स्थानमा वर्षा भएको छ ।
महाशाखाले जारी गरेको मौसम विवरणअनुसार भोलि शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
चैत ५ गते आइतबार देशको पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
ताजा अपडेट
-
भागबण्डाको उल्झनमा गठबन्धन : प्रधानमन्त्रीले १६ वटा मन्त्रालयको भारी कहिलेसम्म बोक्ने ?
-
जग्गाको कित्ताकाट गर्न घुस माग्ने दुईजना अख्तियारको फन्दामा
-
दार्चुलामा आयोडिन नुनको खपत बढ्दै
-
दुई महिनदेखि प्रशासन कार्यालय प्रमुखविहीन, सेवा प्रवाहमा समस्या
-
नेपाल लाइफका अभिकर्तालाई बुटवलमा अन्तराष्ट्रियस्तरको प्रशिक्षण
प्रतिक्रिया