NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सत्तापक्षको बेन्चबाट एमाले ‘आउट’, कांग्रेस ‘इन’

काठमाडौं । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस दुई महिना ९ दिनमा सत्ता पक्षको सिटमा बसेको छ ।

१० पुसमा एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएपछि एकाएक कांग्रेस प्रतिपक्षमा पुगेको थियो । तर राष्ट्रपतिको निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो ।

सत्ता साझेदार दल एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत गुमाएका प्रधानमन्त्री प्रचण्डले भोलि बस्ने प्रतिनिधिसभा बैठकबाट दोस्रोपटक विश्वासको मत लिँदैछन् । आइतर बसेको कांग्रेसको कार्यसम्पादन बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै संसदमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेको थियो ।