प्रचण्डले जनताको विश्वास गुमाइसके, अब विश्वास गर्ने ठाउँ छैन : वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको विश्वास गुमाएको जिकिर गरेका छन् ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले राजनीतिमा कहिँ नभएको विचित्रको लिला प्रचण्डले देखाएकाले विश्वास गर्ने ठाउँ नभएको आरोप लगाए ।
‘चुनावमा जाने बेलामा ओलीले संविधान खत्तम पारे भनेर कांग्रेससहितका दलहरूसँग गठबन्धन गरे । निर्वाचन पछि ओलीकै शरणमा परेर सरकार बनाए । ल भन्नोस् त, यहाँ भन्दा विचित्र के हुन्छ ? ओलीसँगको सम्बन्ध टिकाउन नसकेर फेरि कांग्रेसतिर लागे। राजनीतिमा लिला भइसक्यो भन्नुस् । यस्तो चालले अब चल्नेवाला छैन । जनताले विश्वास पनि अब गर्नेवाला छैनन्’, उनले भने ।
उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको टिप्पणी गरे ।
ताजा अपडेट
-
कांग्रेस शीर्ष नेतालाई स्वर्णिमको सन्देश : देउवा–आरजु गिरोहका कारण कांग्रेसमा रहन सकिँन
-
एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र
-
दोहोरो अङ्कले नेप्से घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार
-
कृषि विकास बैंकमा तीन संचालक निर्विरोध निर्वाचित
-
कसरी निर्माण हुँदैछ जनकपुरमा बहुउद्देश्यीय रङ्गशाला ?
प्रतिक्रिया