NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय

काठमाडाैं । सरकारले  रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। अनुदान घटाएपछि र मूल्यवृद्धिपछि विभिन्न निकायबाट चर्को आलोचना/ विरोध हुँदै आएको थियो ।

आइतबार प्रतिनिधिसभाको बैठकमा पनि एमालेका सांसदहरूले मल अनुदानमा सरकारले गरेको कटाैती र मूल्यवृद्धिमाथि कुरा उठाएका थिए  । एमालेले विज्ञप्तिमार्फत पनि सरकारको ध्यानाकर्षण गरेको थियो ।

 

सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान

ताजा अपडेट

नेपालवाच विशेष