NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने एमालेको निर्णय

काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

संसद बैठक बस्नुअघि नयाँ बानेश्वसमा बसेको एमाले संसदीय दलको बैठकमा संसदीय दलको नेता केपी ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताए ।

ओलीले वामपन्थी सरकार बनाउन आफूले प्रयास गरेको तर प्रचण्डले दक्षिणपन्थीसँग मिलेर सरकार ढालेको आरोप लगाए ।

‘हाम्रो पहलमा वामपन्थी सरकार प्रचण्डकै नेतृत्वमा बनायौँ तर प्रधानमन्त्री भएकै भोलिपल्ट उहाँले इमान छाड्नुभयो। इमानमा रहन सक्नुभएन’, उनले भने ।

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार रोक्न नसक्ने र विकास निर्माणले गति नलिने उनको जिकिर छ ।