प्रधानमन्त्रीविरूद्ध किन भयो नयाँ बानेश्वरमा नाराबाजी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध नाराबाजी गर्ने तीन जना युवालाई नयाँ बानेश्वरबाट सुरक्षा कर्मीले नियन्त्रणमा लिएको छ ।
५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा सहभागी हुनेक्रममा मंगलबार प्रधानमन्त्रीविरूद्ध ती युवाले विरोध तथा नाराबाजी गरेको प्रहरीले जनाएको छ ।
कार्यक्रममा एक युवाले प्रधानमन्त्रीसमक्ष आफ्ना कुरा राख्न प्रहरीसँग आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई पक्राउ गर्न खोजेपछि थप दुई जना युवाहरूले प्रचण्डविरूद्ध नाराबाजी गरेका थिए ।
उनीहरूले मुल्यवृद्धि खारेज गर, युवा मार्न पाइँदैन, बैंकको मिटर ब्याज मिनाह गर लगायत जस्ता नाराबाजी गरेका थिए । अहिले तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया