NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दलीय संकीर्णताबाट माथि उठेर संक्रमणकालीन न्याय टुंग्याउँ : महामन्त्री थापा

काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले संक्रमणकालीन न्यायको विषय टुंग्याउन दलीय संक्रीर्णताबाट माथि उठ्न आग्रह गरेका छन् ।

मंगलबार पूर्वप्रधानमन्त्री एवं कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा उनले अब संक्रमणकालीन न्यायलाई धेरै लब्याउन नहुने बताए ।

‘दलीय संकीर्णता र तत्कालको नाफा घाटा भन्दा बाहिर निस्केर संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्छ । अब हामीसँग समयको सुविधा छैन । यो या त्यो बाहानामा लम्ब्यायौं भने भविष्यमा अझै अप्ठेरो सिर्जना गर्छ’, उनले भने ।

संक्रणकालीन न्यायको विषय टुंग्याउनका लागि सहकार्य गर्न एमालेलाई पनि आग्रह गरे । उनले यो वा त्यो पक्ष नभनी कांग्रेस, एमाले र माओवादी सबै मिलेर संक्रमणकालीन न्याय टुंग्याउनुपर्ने बताए ।