NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अडानीको सेयरमा उछाल, १५ दिनमा लगानीकर्ताको पैसा दोब्बर

एजेन्सी । सन् २०२३ को शुरुवातदेखि नै खराब अवस्थाबाट गुज्रिरहेको अडानी समूहको सेयरले फेरि गति लिन थालेको छ ।

यसैबीच, गौतम अडानीको कम्पनी अडानी ग्रीनको शेयरले खराब समयमा पनि आफ्ना लगानीकर्तालाई खुशी पार्ने काम गरेको छ । कम्पनीको सेयरमा आएको उछालका कारण लगानी गर्ने लगानीकर्ताको पैसा १५ दिनमा दोब्बर भएको  छ । मङ्गलबार अडानी ग्रीनको सेयर अपर सर्किटमा परेको थियो । अपर सर्किटको प्रक्रिया बुधबार पनि जारी छ ।

अडानीको सेयर फेब्रुअरी २८, २०२३ मा ४३९.३५ न्युन विन्दुमा पुगेको थियो । यो गिरावट पछि यसले पुन: गति लियो र मंगलबार,  मार्च २१ कारोबारको अन्त्यमा, पाँच प्रतिशतको उछालसंगै ८९१.०५ मा बन्द भएको थियो ।

हिन्डनबर्ग भर्टेक्सबाट बिस्तारै बाहिर निस्किरहेका गौतम अडानीका कम्पनीहरूले विस्तारै घाटा पूर्ति गरिरहेका छन्। यसैबीच, अडानी ग्रिनको स्टकले फेरी राम्रो आम्दानी गरिरहेको छ ।

जनवरी २४, २०२३ मा अडानी समूहको बारेमा अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको रिपोर्ट प्रकाशित भएपछि, बजारमा सूचीबद्ध १० कम्पनीहरूको शेयरमा सुनामी आएको थियो । यसमा अडानी ग्रीनको सेयर ८५ प्रतिशतले घटेको छ । पछिल्लो १५ दिनमा यो शेयर एक लाख रुपैयाँबाट बढेर दुई लाख रुपैयाँसम्म पुगेको छ ।