NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मोदी इनर्जीको आइपिओमा वैदेशिक रोजगारीमा रहेकाले आजसम्म आवेदन दिन पाउने, स्थानीयलाई समय थप  

काठमाडौं । मोदी इनर्जी लिमिटेडको साधारण सेयर (आइपिओ) मा वैदेशिक रोजागरीमा रहेकाले आवेदन भर्ने आज अन्तिम दिन रहेको छ । वैदेशिक रोजागरीमा रहेका लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि भने कम्पनीले आइपिओमा आवेदन दिने समय थप गरेको छ । स्थानीय बासिन्दाले अब चैत्र १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले गत फागुन २५ गतेदेखि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकाहरूको लागि आइपिओ बिक्री खुला खुला गरेको थियो ।

मोदी इनर्जीको आजदेखि आइपिओ निष्कासन, क-कसले दिन पाउँछन् आवेदन ?