NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

श्रृंखला ‘पछ्याउँदै’ हार्वडमा सम्भव !

काठमाडौं । सेलिब्रेटीको व्यक्तिगत जीवनबारे सार्वजनिक चासो हुनु स्वाभाविक हो । अक्सर उनीहरूका लवाइखवाइदेखि सम्बन्धसम्मका विषयमा चर्चा र चियोचर्चो चलिरहन्छन् ।

केही समयअघि पूर्व मिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीचको प्रेम सम्बन्ध टुटेको कुरा चर्चाको विषय बन्यो ।

अहिलेसम्मका मिस नेपालमध्ये पृथक छवि बनाउन सफल श्रृंखला र भ्लगर सिसन केही वर्षदेखि डेटमा थिए । तर खै केले हो, प्रेमिल जहाजलाई सुरक्षित अवतरण गराउन भने उनीहरू चुकेको र्युमर अहिले यततत्र छ ।

सम्बन्धमा आएको दरारको संकेतचाहिँ सबैभन्दा पहिले उनीहरू आफैंले दिएका थिए, इन्स्टाग्राममा एकअर्कालाई ‘अनफलो’ गरेर । श्रृंखलाले यसबारे मुख नखोले पनि सिसनले घुमाउरो स्ट्याटसमार्फत हल्लाहरू सत्य भएको संकेत गरिसकेका छन् ।

सिसनसँगको ब्रेकअपको हल्लालगत्तै श्रृंखला फेरि अर्को सम्बन्धमा रहेको दाबीहरू चर्चामा आएकी छन् । ब्याक टु ब्याक चर्चामा आउँदा यसपटक उनको नाम कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियापुत्र सम्भव सिरोहियासँग जोडिएको छ । चर्चाअनुसार, श्रृंखला र सम्भवबीच माया प्रेम झाँगिएको छ ।

यसैबीच, सम्भव अमेरिकाको हार्वड विश्वविद्यालयअन्तर्गतको हार्वड बिजनेस स्कुलमा भएको विषय बाहिरिएको छ । सम्भव स्वयंले इन्स्टाग्राममा तस्बिर पोस्ट् गर्दै यसबारे जानकारी दिएका छन् ।

अध्ययनमा आफ्नो बेजोड रूची भएको बताउँदै उनले यसलाई थप परिस्कृत गर्नका लागि आफू हावर्ड बिजनेस स्कुलमा एक वर्षको कोर्षमा भर्ना भएको जनाएका छन् ।

हाल अमेरिकामा रहेका सिरोहिया कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको ‘मुभर्स एण्ड सेकर्स’ (एमएण्डएस) का प्रमुख कार्यकारी अधिकृत हुन् । सम्भवले बताएअनुसार, आगामी सेप्टेम्बरबाट उनले त्यहाँ वरिष्ठ कार्यकारीसम्बन्धी कोर्सको अध्ययन थाल्नेछन् र यो क्रम एक वर्ष चल्नेछ ।

हार्वड विश्वका प्रतिष्ठित विश्वविद्यालयमध्ये एक हो । सहरी विकास विषयमा स्नातकोत्तररत श्रृंखला पनि हाल यही विश्वविद्यालयमा अध्ययनरत छिन् ।

श्रृंखला र सम्भवबीचको प्रेम सम्बन्धको चर्चा हुनु र यहीबीच एउटै शैक्षिक संस्थामा जोडिनु नेपाली उखान बाघ कराउनु र बाख्रा हराउनु भनेजस्तो मात्र हो कि अरू केही ?

श्रृंंखला, अब त अति भो । लौ न मुख खोलौं !