NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

२०७८ मा नेपालको जनसंख्या कति ?

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ को थप  विवरण आज सार्वजनिक भएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

सार्वजनिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

एक वर्षपछि जनगणनाको थप विवरण, तैपनि सार्वजनिक हुनेछैनन् यी कुरा

तथ्यांकअनुसार पुरूषको भन्दा महिलाको संख्या बढी छ । तथ्यांकअनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । जुन कुल जनसंख्याको ४८.९८ प्रतिशत हो ।

त्यस्तै महिलाको संख्या कुल जनसंख्याको ५१.०२ प्रतिशत अर्थात १ करोड ४९ लाख ११ हजार २७ जना रहेको छ ।