NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

फेसबुकमा मलाई नग्न तस्विर पठाउन थालियो – कुञ्जना

काठमाडौं । कलाकार कुञ्जना घिमिरेले आफूलाई फेसबुकमार्फत नग्न तस्विरहरू आउन थालेको गुनासो गरेकी छिन् ।

समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै उनले आफूभाथि तुच्छ किसिमका गाली गलौचसँगै त्यस्ता फोटोहरू पठाउन थालिएको बताएकी हुन् ।

पछिल्लो समय उनी र कलाकार सिताराम कट्टेललाई भरतपुरमा निर्माणाधीन रंगाशालाई लिएर विभिन्न नकारात्मक टिप्पणी भइरहेको छ ।

रंगाशालबारे वार्ता बन्द कोठामा नभएर खुला मैदानमै आएर गर्न उनले चुनौती दिएकी छिन् ।

‘अबको हरेक वार्ता खुलेआम रंगाशालाको मैदानमा गरियोस् नाकि बन्द कोठामा । मलाई मेरो ईन्बक्समा नग्न तस्विरहरू पठाउन सुरुवात भएको छ । विभिन्न तुच्छ गालतीको वर्षात भइरहेको छ,’ उनले थप लेखकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग । धुर्मुस जीले केही समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौज सहदै आएँ र आज म मानसिक यातनाले बिच्छिप्त भएको छु । अब सुन्ने र सहने शक्ति छैन ममा, कि मलाई सफाइ देउ कि सजाय ! तर जे गछौं छिटो गर ।’

ताजा अपडेट

नेपालवाच विशेष