NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आकर्षक बन्दै ऐतिहासिक सत्र पोखरी

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका- १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ ।

अग्लो पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र भएकाले यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको हो । पूर्वाधार बिना पनि यहाँ वनभोज खाने तथा घुम्न विशेष गरी आन्तरिक पर्यटक पुग्ने गरेका थिए ।

आन्तरिक पर्यटकको रोजाइको स्थल बन्दै गएपछि यसलाई थप व्यवस्थित गर्न पूर्वाधार निर्माणमा जोड दिइएको वडाध्यक्ष बोधराज कुँवर (राजु) ले बताए ।

‘समथर भूभाग र ऐतिहासिक महत्वको स्थान सत्र पोखरीलाई व्यवस्थित गर्न पूर्वाधार निर्माण गरिरहेका छौं’, उनले भने, ‘यस ठाउँको गुरुयोजना बनाएर काम अगाडि बढाएका छौं, पूर्वाधार निर्माण भएसँगै थप पर्यटक आउने विश्वास छ ।’ गतवर्ष वालिङ नगरपालिका कार्यालयबाट तीन लाख रुपैयाँ खर्च गरी दुई वटा पोखरी निर्माण गरिएको छ ।