NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्नेहरू धरौटी बुझाएर रिहा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्नेहरू धरौटी बुझाएर रिहा भएका छन् ।

गत १२ चैतमा प्रचण्डविरूद्ध नाराबाजी गर्ने तीनजनालाई जिल्ला प्रशासन काठमाडौंले अभद्र व्यवहार मुद्दामा पाँच हजार रूपैयाँ धरौटी तोकिएको थियो ।

केन्द्रीय कारागार पठाइएका सोलखुम्बुका २३ वर्षिय उद्धव बस्नेत, बागलुङका ३० वर्षिय सोम शर्मा र बझाङका १८ वर्षिय विप्लव खड्का आज पाँच हजार रूपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

गत मंगलबार उनीहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रममा नाराबाजी गरेका थिए ।