NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेपाल लाइफले सार्वजनिक गर्‍यो २०८० सालको क्यालेन्डर

काठमाडाैं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वि.सं.२०८० सालको  क्यालेन्डर सार्वजनिक गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् । बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको जनाएको छ ।

नेपाल लाइफले ‘किनकी जीवन अमुल्य’  छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमासम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको छ ।

कम्पनीको पौष मसान्तसम्ममा लगानी १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना ८ वटा प्रादेशिक कार्यालय र १८४ वटा शाखा तथा उपशाखाहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।