NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कर्मचारी सञ्चय कोषमा के–के छन् सेवा सुविधा ?

काठमाडौं । कर्मचारी सञ्चय कोष नेपालको सरकारी, निजी र सार्वजनिक क्षेत्रका कर्मचारीको लागि हितकारी कोष हो । कोषले सञ्जित भएको रकम पूर्वाधार लगायतका विभिन्न क्षेत्रहरूमा लगानी गर्दै आइरहेको छ ।

नेपालमा कर्मचारी संचय कोषको सुुरूवात राणा शासन कालमा शैनिक सेवामा रहेकाहरूबाट गरिएको थियो । यसैलाई मध्यनजर गरी पहिलोपटक वि.स. १९९१ मा सैनिक द्रब्यकोषको स्थापना भयो । यो योजना सैनिक सेवा निवृत्तिपछि उनीहरूको वित्तिय कठिनाइहरूको सामना गर्न स्थापना भएको हो ।

यस कोषको प्रभावकारिता वृद्धि भएपछि वि.स. २००१ सालमा काठमाडौ उपत्यकाका निजामती कर्मचारीहरूका लागि निजामती ‘प्रोभिडेन्ट फण्ड’को स्थापना भएको हो । २०१९ सालमा ‘कर्मचारी सञ्चयकोष’ नामक एक विशेष अधिनियम ऐन लागु भएको थियो । त्यसै वर्ष विद्यामान कर्मचारी सञ्चयकोष एक स्वायत्त संगठनको रूपमा आधिकारिक रुपमा स्थापित भएको थियो ।

सञ्चय कोषले गर्ने मूख्यकार्यहरू :
१. सञ्चयकोष व्यवस्थापन
२. निवृत्तभरण कोष व्यवस्थापन
३. सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन
४. सञ्चयकर्ता कर्जा तथा सापटी कार्यक्रम सञ्चालन

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत के के छन् सुविधाहरू ?

क.सुत्केरी तथा शिशु हेरचाह योजना
महिला सञ्चयकर्ता आफैं वा सञ्चयकर्ताको श्रीमती सुत्केरी भएमा कोषले नोकरी अवधिभर दुई पटकसम्म प्रति प्रशूती सात हजार पाँच सय रुपैयाँसम्म प्रदान गर्छ ।
ख.काजक्रिया अनुदान खर्च
कुनै सञ्चयकर्ताको सेवाअवधिभरमा कुनै कारणले मृत्यु भएमा मृतक सञ्चकर्ताको हकवालालाई काजकिु्रया अनुदानस्वरूप एकमुष्ठ चालिस हजार रुपैयाँ कोषले व्यवस्था गर्छ ।
ग. दुर्घटना क्षतिपूर्ति योजना
कुनै पनि सञ्चयकर्ता दुर्घटनामा परी मृत्यु भएको अवस्थामा कोषले दुर्घटना क्षतिपूर्ति प्रदान गर्छ । सञ्चयकर्ता दुर्घटनामा परी मृत्यु भएमा वा घाइते भई अंगभंग भएको खण्डमा सञ्चयकर्ता वा सञ्चयकर्ताको हकवालालाई २ लाख रुपैयाँको क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था रहेको छ ।
घ.सञ्चयकर्ता औषधोउपचार योजना
कोषले सञ्चयकर्तालाई सामान्य रोग वा घातक रोग लागेको खण्डमा औषधोउपचार गर्छ । सञ्चयकताकर्ताको सामान्य उपचारतर्फ एक लाख रुपैयाँसम्म र घातक रोग रोगको हकमा १० लाख रुपैयाँसम्मको खर्च सोधभर्र्ना दिने व्यवस्था छ ।

कर्जातथा सापटी सुविधाहरु

क.विशेष सापटी
कोषले सञ्चयकर्तालाई सञ्चकोष मौज्दातको ८० प्रतिशतसम्म विशेष सापटी प्रदान गर्छ ।
ख.घर सापटी
सञ्चयकर्ताले घर निर्माण वा खरिद गर्न चाहेको खण्डमा कोषबाट कर्जा लिन सक्ने सुविधा छ । सञ्चयकर्ताले कोषबाट १२ वा १५ वर्षको तलबमा नबढ्ने गरी १ करोड रुपैयाँसम्म कर्जा पाउने व्यवस्था कोषले गरेको छ ।
ग.घरमर्मत सापटी
कोषले सञ्चयकर्तालाई घर मर्मतका लागि सापटीसमेत प्रदानगर्ने व्यवस्था छ । घर मर्मत गर्न घरजग्गाको धितोमा अधिकतम ५ वर्षको तलबमा नबढ्ने गरी २५ लाख रुपैयाँसम्म सापटीको सुविधा रहेको छ ।
घ.सरल चक्रकर्जा
सरल कर्जा अन्तर्गत कोषले सञ्चयकर्तालाई घर तथा जग्गाको धितोमा १० वर्षको तलबमा नबढ्ने गरी ३० लाख रुपैयाँसम्म कर्जा प्रदानगर्ने व्यवस्था छ ।
शैक्षिक सापटी
सञ्चयकर्ताको पति/पत्नी/छोरा/छोरीले स्वदेशमै वा विदेशमा गएर पढ्न चाहेको खण्डमा कोषले कर्जा दिने सुविधा छ । कोषले घरजग्गाधितोमा २५ लाख रुपैयाँसम्मकर्जा प्रदान गर्छ ।