NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

युद्धग्रस्त युक्रेनलाई १५.६ अर्ब डलर सहयोग गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको घोषणा

काठमाडौं (एजेन्सी) । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युद्धग्रस्त युक्रेनको अर्थतन्त्रलाई सहयोग गर्न १५.६ अर्ब ऋण प्याकेज स्वीकृत गरेको छ।

रुसी आक्रमणका कारण युक्रेनको अर्थतन्त्र ध्वस्त भएको छ । यही कारण गत वर्ष आर्थिक गतिविधि झन्डै ३० प्रतिशतले संकुचित भएको थियो । यसले पुँजी घटाएर त्यहाँ गरिबी बढाएको छ ।

४८ महिनाको यो विस्तारित कोष सुविधा आइएमएफको बोर्डबाट स्वीकृत भएको छ ।

‘यो नयाँ चार वर्षे कार्यक्रमले समष्टि आर्थिक र वित्तीय स्थायित्व ल्याउनुका साथै युद्धबाट ध्वस्त महत्त्वपूर्ण संरचनात्मक पूर्वाधारको मर्मत गर्ने लक्ष्य राखेको छ,’ आइएमएफकी उपप्रबन्ध निर्देशकले विज्ञप्तिमा भनेकी छन् ।

आइएमएफले भर्खरै ‘असाधारण गम्भीर अनिश्चितता’ सामना गरिरहेका देशहरूलाई ऋण दिने नियमहरू परिवर्तन गरेको छ।