NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले दिए सामुहिक राजीनामा

काठमाडौं । मधेश सरकारमा रहेका एमालेका मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामुहिक राजीनामा दिएका छन् ।

एमालेबाट सरकारमा सहभागी भएका चारमन्त्रीसहित एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री यादवसमक्ष राजीनामा पत्र बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री रहेका सरोजकुमार यादवले जाकारी दिए ।

यादवका अनुसार उनीसहित महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव रायले राजीनमा दिएका हुन् ।

२७ पुसमा एमालेको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संघमा सत्ता समीकरण बदलिएपछि मुख्यमन्त्री यादवले कांग्रेसलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।