NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

महिनावारीमा अत्यधिक पेटको दुखाई हुन सक्छ रोगको संकेत

एजेन्सी । महिनावारी एक सामान्य चक्र हो । जसबाट हरेक महिलाहरु महिनाको एक चोटी यो पिडाबाट गुज्रिनु पर्छ । महिनावारीको समयमा प्रायः महिलाहरूलाई पेट, ढाड र खुट्टामा असहनीय दुखाइ र अत्यधिक रक्तस्राव हुन्छ ।

यद्यपि, यो हुनु सामान्य हो तर कहिलेकाहीँ महिनावारीको समयमा हुने यो दुखाइ र रक्तस्रावले तपाईलाई थाइराइडको समस्याका भएको संकेत पनि गर्न सक्छ । त्यसैले यदि तपाईको महिनावारीले तपाईलाई यो समस्याको संकेत दिन सक्छ भने तपाईले यसलाई पहिचान गर्न आवश्यक छ ।

थाइराइड र महिनावारीबीचको सम्बन्ध

थाइरोइड ग्रन्थीले हर्मोन उत्पादन गर्छ । यसले शरीरको मासिक चक्रलाई विनियमित गर्न महत्वपूर्ण भूमिका खेल्छ । थाइरोइड ग्रन्थीले दुई मुख्य हर्मोन ट्राइयोडोथायरोनिन (टी ३) र थाइरोक्सिन ( टी ४) को उत्पादन गर्छ । जसले प्रजनन प्रणालीलाई असर गर्छ । जसले महिलाहरूलाई महिनावारीमा गडबड हुन सक्छ ।

जब थाइराइड ग्रन्थीले सहि तरीकाले काम गर्दैन् । यसले तपाईको शरीरमा अत्यधिक थाइराइड हर्मोन बनाउँछ । जुन हाइपरथायराइडिज्मको संकेत हो । त्यस्तै, तपाईको शरीरले थाइरोइड हर्मोन कम बनाउँछ भने यसलाई हाइपोथायराइडिज्म भनिन्छ । हाइपरथाइराइडिज्म अनियमित महिनावारी तथा अत्यधिक रक्तस्रावको कारण बन्न सक्छ । जुन सामान्य भन्दा अधिक लामो वा छोटो हुन सक्छ ।

यसले महिनावारीमा गडबढी ल्याउन सक्छ । हाइपोथाइराइडिज्मले पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) को समस्यासमेत निम्याउँन सक्छ । जसले अनियमित महिनावारी, बाँझोपन, मोटोपनाको समस्याहरु ल्याउँछ ।

हाइपरथायराइडिज्म हुने महिलामा एमेनोरियाको समस्या हुन सक्छ । जसमा महिनावारीको समयमा पनि लगातार तीन महिना वा त्यो भन्दा बढी समयससम्म रक्तस्राव हुँदैन् । अथवा महिनावारी बन्द हुन्छ । किनभने हाइपरथायराइडिज्मले हर्मोनको सन्तुलनमा बाधा पुर्याउँछ ।