NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

च्याम्पियन्स लिग फुटबल : इन्टर सेमिफाइनलमा, बेन्फिका बाहिरियो

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गरेको छ । गएराति क्वटरफाइनलअन्तर्गत भएको दोस्रो लेगमा बेन्फिकासँग ३–३ गोलको बराबरी खेलेको इन्टर समग्रमा ५–३ ले विजयी हुँदै समेफिाइनल प्रवेश गरेको हो ।

पहिलो लेगमा बेन्फिका इन्टरसँग २–० गोल अन्तरमा पराजित भएको थियो । दोस्रो लेगमा इन्टरका लागि निकोलो बरेला, लाउटरो मार्टिनेज, जोआक्विन कोरेयाले एक–एक गोल गरे भने एन्टोनियो सिल्भा, पिटर मुसा र फ्रेडरिक और्सनेसले बेन्फिकाका लागि समान एक÷एक गोल गरे ।

अब सेमिफाइनलमा इन्टरले एसी मिलानको सामना गर्नेछ ।