NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

कोहलपुर । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस संक्रमणमा एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो । उनलाई यही वैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ ।