NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सिक्री लुट्न निराको हत्या गरिएको प्रहरीको निष्कर्ष

काठमाडौं । काठमाडौंको कपनमा किराना पसल चलाउँदै आएकी निरा पाण्डेको हत्याको उद्देश्य लुटपाट भएको प्रहरीले जनाएको छ ।

उनले घाँटीमा लाएको सिक्री लुट्नकै लागि हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्षमा देखिएको हो ।

बाग्लुङकी आचार्यलाई गत वैशाख ७ मा कपन सरस्वतीनगरस्थित उनकै पसलमा धारिलो हतियारको प्रयोग गरी हत्या गरिएको थियो । उनको हत्या भएको दश दिनपछि एकजना अभियुक्तलाई पक्राउ गर्दै प्रहरीले घटना हुनुको उद्देश्य लुटपाट भएको जानकारी दिएको हो ।

भक्तपुरस्थित लोकन्थलीमा बस्दै आएका झापाका विनोद विकलाई प्रहरीले पक्राउ गरेको हो । बाउन्सर रहेका उनी बिर्तामोडबाट पक्राउ परेका हुन् ।

विकले त्यो सिक्र बालाजुस्थित एक सुन पसलमा ५५ हजार रूपैयाँमा बेचिसकेको पनि प्रहरीले जनाएको छ ।