NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एसिसी प्रिमियर कप फाइनल : नेपालले फिल्डिङ रोज्यो, दीपेन्द्र सिंह बेन्चमा

काठमाडौं । एसिसी प्रिमियर कप फाइनलअन्तर्गत युएईविरुद्धको खेलमा घरेलु टिम नेपालले  सुरुमा फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेको हो । योसँगै युएईले ब्याटिङ गर्ने भएको छ ।

कुवेतलाई सेमिफाइनलमा रोकेर फाइनलमा स्थान बनाएको नेपाल आज जित निकाल्नुपर्ने दबाबमा छ । आजको खेलमा जित निकालेमा नेपालले एसिया कम खेल्न पाउनेछ ।

आजको खेलमा नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा नेपालले गुल्सन झालाई अवसर दिएको हो ।

प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशी ।