NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

लेस्टर र एभर्टनले बाँडे अंक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र एभर्टनले बराबरी खेलेका छन् । गएराति सम्पन्न खेलमा लेस्टर र एभर्टनले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

एभर्टनका डोमिनिक लेविनले खेलको १५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर त्यसको सातौं मिनेटमा नै लेस्टरका काग्लर सोयुन्चुले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलको ३३ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए पनि ५४औं मिनेटमा एलेक्स इओबीले गोल गर्दै खेललाई २–२ को बराबरीमा फर्काए । यसपछि दुवै टिमले गोलका लागि संघर्ष गरे पनि सफल हुन सकेनन् ।

योसँगै लेस्टर ३४ खेलमबाट ३० अंक जोडेर १६औं स्थानमा छ भने एभर्टन २९ अंकका साथ १९औंमा छ ।