NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

जसपाले पुस्तिका प्रकाशन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना जनप्रतिनिधिको विवरण समावेश गरी पुस्तिका प्रकाशन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय सूचना,सञ्चार, प्रकाशन तथा प्रचार विभागको बैठकले उक्त निर्णय गरेको हो । स्थानीय तहका पदाधिकारीदेखि संघीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरी प्रकाशन गरिने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पार्टीको संयन्त्र र निर्वाचन आयोगसँग पुस्तक प्रकाशनका लागि आवश्यक समन्वय गरिनेछ ।