NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यस्तो छ आगामी बजेटको सिद्धान्त र प्राथमिकता

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री महतले सो प्रस्ताव प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री महतले उत्पादनमूखी अर्थतन्त्रकेन्द्रित बजेट ल्याइने जनाएका छन् । वित्त नीति र मौद्रिक नीतिबीच तारतम्य गरिने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै उत्पादन तथा उत्पादकत्व बढाइने गरी बजेट ल्याइने अर्थमन्त्रीले जनाएका छन् ।

त्यस्तै उनले गरिब र धनीबीचको खाडल घटाइनेतर्फ बजेट निर्देशित भएको उल्लेख गरेका छन् । सरकारी वित्तको पुर्नसंसचना गरी अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट ल्याइने बताइएको छ ।

दिगो विकास, जलवायू संरक्षण, जलवायु परिर्वतन न्युनीकरणतर्फ ध्यान दिएर बजेट ल्याइने उनले बताए । त्यस्तै स्टार्टअपलाई प्रोत्साहन गरिनुका साथै लघु घरेलु तथा साना उद्यम सञ्चालनका लागि कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।