NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बेस्ट ह्यामसँग हार्यो युनाइटेड

काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामसँग पराजय व्यहोरेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले घरेलु टोली वेस्ट ह्यासँग १–० को झिनो हार ब्यहोरेको हो ।

बेस्ट ह्यामको कठिन जितमा सइद बेनरहमाले निर्णायक गोल गरे । उनले पहिलो हाफको २७ औं मिनेट विजयी गोल गरेका हुन् ।

बेस्ट ह्यामलाई परास्त गरेको अवस्थामा युनाइटेड तेस्रो स्थानमा उक्लिने अवस्था थियो । हारसँगै उसले यो मौका गुमाएको छ । ३४ खेलबाट उसले ६३ अंक बटुलेको छ । वेस्ट ह्याम ३७ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।