NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पञ्जाबमाथि कोलकत्ताको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को जारी खेलमा कोलकत्ता नाइट राइडर्सले रोमाञ्चक जित हासिल गरेको छ । घरेलु मैदानमा सम्पन्न खेलमा कोलकत्ताले पन्जाब किंग्समाथि ५ विकेटको रोमाञ्चक जित निकालेको हो ।

पञ्जाबले १ सय ८० रनको लक्ष्य दिएकोमा कोलकत्ताले निर्धारित २० ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर त्यसलाई पूरा गर्यो ।

कोलकत्ताका लागि कप्तान नितिश राणले ३८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकीय ईनिङ्स खेले ।त्यसैगरी, आन्द्र रसेलले २३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन, ओपनर जेसन रोयले २४ बलमा ८ छक्काको सहयोगमा ३८ रन, रिंकु सिंहले १० बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रनको योगदान दिए ।

पन्जाबका राहुल चहरले २ र हरप्रित ब्रार तथा नाथन एलिसले समान १/१ विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन हासिल गर्यो । पन्जाबका लागि कप्तान शिखर धवनले ४७ बलमा ९ चौका र १ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ्स खेले । ऋषि धवनले १९, जितेश शर्मा र साहरुख खानले २१/२१, लियम लिविङ्स्टोनले १५ , हरप्रित ब्रारले १७ तथा ओपनर प्रभशिमरन सिंहले १२ रनको योगदान दिए ।

कोलकत्ताका लागि वरुण चक्रवतीले ३, हर्षित राणाले २ तथा सुयश शर्मा र कप्तान नितिश राणाले समान १/१ विकेट लिए ।

योसँगै कोलकत्ता पाँचौं स्थानमा उक्लिएको छ भने पन्जाब सातौं स्थानमा छ ।