NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ओखरका फाइदा : हड्डीदेखि छालासम्म

एजेन्सी । ओखर धेरै आवश्यक पोषक तत्वहरूमध्ये एक हो, यसमा ओमेगा ३ फ्याटी एसिडहरू पाइन्छन् । जुन स्वास्थका लागि उपयुक्त मानिन्छ ।

यस बाहेक, ओखरमा अन्य एन्टिअक्सिडेन्ट, एन्टिभाइरल र एन्टी इन्फ्लेमेटरी गुणहरू हुन्छन् । यसमा हुने यी लाभदायिक गुण हाम्रो कपालदेखि छालासम्मका लागि फाइदाजनक छ ।

छालामा ओखर

छालाको सौन्दर्य बढाउन ओखर एक प्राकृतिक स्रोत हो । यसले अनुहारमा भएका सबै किसिमका दागहरु हटाइ चम्किलो बनाउनुसँगै अनुहार सफा पनि बनाउँछ । अनुहारमा आउने पिम्पल, चाउरीपना, एलर्जी जस्ता छालाको समस्या पनि यसको प्रयोगले कम हुन्छ ।

कपालको समस्यामा ओखर

ओखर छालाको समस्याको लागिमात्र नभई कपालको समस्यालाई समेत प्रभावकारी छ । यसले कपाल झर्ने, सेतो बनाउने, चाँया पर्ने लगायतका कपालसँग सम्बन्धीत सबै समस्याको निराकरण गर्छ ।

मस्तिष्कको लागि ओखर

ओखरमा पाइने ओमेगा ३ फ्याटी एसिड मस्तिष्कको लागि फाइदाजनक छ । यसको सेवनले स्मरणशक्ति बढाउन मद्दत गर्छ भने तनाव, चिन्तासमेत कम गर्छ ।

हड्डीको लागि ओखर
हड्डी बलियो र स्वस्थ बनाउन पनि ओखर लाभदायिक मानिन्छ । ओखरमा क्याल्सियम र फस्फोरस प्रशस्त्र मात्रामा हुन्छन् । जुन हड्डीका लागि आवश्यक छ । ओखर खाँदा हड्डी दुख्ने समस्याबाट पनि राहत मिल्छ ।