NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

उच्चपदस्थमाथि प्रमाण जुटाउँदै प्रहरी

काठमाडौं । शरणार्थीका नाममा भएको ठगी प्रकरणमा अझै केही उच्चपदस्थको संलग्नता रहेकाले उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

पीडितले दिएको जाहेरी र अभियुक्तहरूले बयानमा जोडिएका अन्यमाथि अनुसन्धान जारी छ । बलियो प्रमाण जुटिनसकेकाले उनीहरूसम्बन्धी सूचना प्रहरीले गोप्य राखेको छ ।

पीडितहरूले कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाण तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका तत्कालीन गृहसचिव प्रेमकुमार राईले पनि आफूहरूलाई सहयोग गरेको बताएका छन् ।

किर्तेमा संलग्न गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाका केही कर्मचारी पनि प्रहरी छानबिनमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।