NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

गिलको शतक, गुजरात प्लेअफमा, हैदारावाद बाहिरियो

काठमाडौं । गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी खेलमा सनराइजर्स हैदराबादलाई परास्त गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा गएराति सम्पन्न खेलमा गुजरातले हदराबादलाई ३४ रनले पछि पार्दै जित निकालेको हो ।

योसँगै गुजरात प्लेअफमा पुगेको छ । जारी प्रतियोगिताको प्लेअफमा स्थान बनाउने गुजरात पहिलो टिम हो ।

गुजरातले १८९ रनको लक्ष्य दिएकोमा हैदरावाद निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रनमा सीमित हुन पुग्यो ।

हैदराबादका लागि हेनरिच क्लेसनले ६४ रनको अर्धशतकीय इनिङ खेले । तथापि, उनको अर्धशतकीय इनिङले टिमलाई जिताउन भने सकेन ।

भुवनेश्वर कुमारले २७, मंयक मारकन्डे १८, पैजल हक फारुकीले १ रनको योगदान गरे ।

मोहिल शर्मा र मोहम्मद सामीले गुजरातका लागि समान ४–४ तथा यश दयालले १ विकेट झारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ सम्हालेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनायो ।

गुजरातका लागि ओपनर शुभमन गिलले १०१ रनको शतकीय इनिङ्स खेले भने ओपनर गिल र साई सुदर्शनले १४७ रनको शतकीय साझेदारी गरे ।

सुर्दशनले ४७ रन बनाए पनि अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन् ।

हैदराबादका लागि भुवनेश्वर कुमारले ५ तथा टि नटराजन,फैजल हक फरुकी र मार्को यानसनले समान १–१ विकेट लिए ।

योसँगै गुजरात शीर्ष स्थान जोगाउन सफल भएको छ भने हैदराबाद प्रतियोगिताबाट बाहिरिने दोस्रो टिम बनेको छ ।