NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रेडमी १० २०२२ अब छुट मूल्यमा, कतिसम्म पाइन्छ छुट ?

काठमाडाैं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी १० २०२२ नेपाली  प्रयोगकर्ताहरूका लागि छुट मूल्यमा उपलब्ध गराइरहेको छ । कम्पनीले मंगलबार(हिजोदेखि) उक्त फोन छुट मूल्यमा उपलब्ध गराइरहेको हो ।

कम्पनीकाअनुसार छुट अफर जेठ १७ सम्मको सिमित अवधिका लागि मात्रै लागू हुने छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेडमी १० २०२२ मा अफर स्वरुप मुल्य घटाएको शाओमीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “ग्राहकहरूले सुपथ  मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रो संग बुझेका छौं र हामी विश्वस्त छौं कि रेडमी १० २०२२ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ । ”

रेडमी १० २०२२ यसको उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र बलियो सुविधाहरूको लागि व्यापक रूपमा प्रशंसा गरिएको छ। यो स्मार्टफोनमा ६.५ इन्चको एफएचडी प्लस FHD+) डिस्प्ले रहेको छ, जसले प्रयोगकर्ताहरूलाई गेम, भिडियो र मल्टिमिडिया सामग्रीका लागि इमर्सिभ एक्सपेरिऐक्स अनुभव प्रदान गर्दछ। शक्तिशालीMediaTek Helio G88 प्रोसेसरद्वारा सञ्चालित, रेडमी १० २०२२ ले मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दै सहज र ल्याग–रहित प्रदर्शन प्रदान गर्दछ। 18Wफास्ट चार्जिङ सपोर्ट रहेने यसमा शक्तिसाली  छ,5,000mAh ब्याट्रीको साथ, प्रयोगकर्ताहरूले लगातार चार्ज नगरी विस्तारित उपयोगको मजा लिन सक्छन् ।

उपलब्धता

रेडमी १० २०२२  पेबल सेतो, कार्बन ग्रे, सी ब्लू गरी तीन रंगहरूमा उपलब्ध छन् । यो4GB+64GB / 6GB+128GB  गरि दुई भेरियन्टमा उपलब्ध रहेको छ ।

रेडमी १० २०२२ 4GB + 64GB –वास्तविक मूल्य रु २०,४९९ र छुट मूल्य रु १९ हजार ९९९ रहेको छ ।

रेडमी १० २०२२  6GB+128GB  वास्तविक मूल्य २३ हजार ९९९ र छुट मूल्य रु २२ हजार ९९९ रहेको छ ।

रेडमी १० २०२२  देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध भइरहेको कम्पनीले जनाएको छ ।