NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रेफ्रीविरुद्धको अभिव्यक्ति क्लोपलाई महँगो, २ खेलमा प्रतिबन्ध, ७५ हजार पाउण्ड जरिवाना

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपलाई प्रतिबन्ध लागेको छ ।साथै उनलाई जरिवानासमेत गरिएको छ ।

रेफ्रीविरुद्ध अमर्यादित कमेन्टको आरोपमा क्लोपलाई इंग्ल्याण्ड फुटबल एसोसिएसनले दुई खेलमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

प्रिमियर लिगअन्तर्गत गत अप्रिलमा सम्पन्न टोनेनहमविरुद्धको खेल समापनपछि उनले रेफ्री पाउलविरुद्ध अभिव्यक्ति दिएका थिए ।

योसँगै उनले एस्टन भिल्ला र साउथह्याम्पटनविरुद्धको खेल गुमाउने भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, दुई खेलमा प्रतिबन्धसँगै उनलाई ७५ हजार पाउण्ड जरिवानासमेत गरिएको छ ।