NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

भिटामिन ‘बी’ १२ को कमीले के हुन्छ ?

एजेन्सी । स्वस्थ शरीरलाई विभिन्न भिटामिन तथा मिनरल्सको आवश्यकता पर्छ । भिटामिनको कमीले शरीर अस्वथ हुनुका साथै रोगले पनि सताउँछ । शरीरमा चाहिने भिटामिनमध्ये भिटामिन ‘बी’ १२ पनि एक आवश्यक पर्ने भिटामिन हो ।

यसको कमीले शरीरमा शारिरीक मात्र नभई मानसिक रुपमा नै व्यक्ति अस्वस्थ हुन्छ । भिटामिन ‘बी’ १२ को कमीले स्नायु कमजोर हुन्छ भने अत्यधिक थकान र कमजोरी महशुस हुन्छ ।

यसबाहेक  हात र खुट्टामा झनझन हुने धमिलो दृष्टि हुने तथा घाँटी दुख्ने वा मुखमा अल्सर हुने जस्ता समस्या देखिन्छन् । यस्तै, सास फेर्न गाह्रो हुने वा स्मरणशक्ति घट्ने, टाउको दुख्ने, खाना नरुचने समस्या पनि देखापर्छन् ।

कसरी पुरा गर्ने ?

शरीरमा भिटामिन ‘बी’ १२ को कमी पुरा गर्ने प्रमुख स्रोत माछामासु हो । माछामासुमा यो भिटामिन प्रशस्त्र पाइन्छन् । यसबाहेक अन्य डेरी उत्पादनहरुले पनि यसको कमी पुरा गर्न सकिन्छ । यसको लागि दही पनि एक राम्रो स्रोत हो । दहीमा प्रोबायोटिक र भिटामिन बी १२  प्रचुर मात्रामा पाइन्छ ।

यसै गरी, लो फ्याट दूधले पनि भिटामिन ‘बी’ १२ को कमीलाई पुरा गर्छ । अर्को भिटामिन ‘बी’ १२ को पाइने स्रोत अण्डा हो । अण्डामा प्रोटिन र भिटामिन प्रशस्त्र पाइन्छ । जसले शरीर स्वस्थ राख्छ । खासगरी अण्डाको सेतो भागमा भन्दा पनि यसको पहेलो भाग स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । डेयरी उत्पादनहरूमा भिटामिन बी १२ को राम्रो स्रोत हो ।  चिज तथा पनिरको सेवन बढाएर पनि शरीरमा भिटामिन बी १२ पूरा गर्न सक्नुहन्छ ।

 

भिटामिन बी ६ को कमी कसरी पूरा गर्ने ?