NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कुन फल कुन समयमा खाने ?

एजेन्सी । स्वस्थ रहन समय मिलाएर तरकारी र फलफूलको सेवन गर्नु जरुरी छ । राम्राे स्वास्थ्यका लागि खाइने फलफूल के हामीले उचित समयमै खाइरहेका छौं त ? आउनुहोस् जानौं ।

केरा

पोषक तत्वले भरिपूर्ण केरा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हामी यसलाई मन लागेको बेलामा खाने गर्छौं । तर स्वास्थ्यका दृष्टिकोणले केरा बिहानको खाना पछि दिउँसोको समयमा खान राम्रो मानिन्छ ।

मेवा

मेवाको सेवनले पाचन सम्बन्धी समस्या हटाउँछ । यसको सेवन दिउँसो र बिहानभन्दा पनि बेलुका लाभदायिक हुन्छ ।

सुन्तला

प्राय: हामी सुन्तला देख्ने बित्तिकै खाइहाल्ने गर्छौं । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुसँगै छाला र कपालमा पनि फाइदा पुर्याउँछ । सुन्तला खाने उचित समय बिहानको खाना खाएपछि हो । बिहानै र बेलुकीको समय यसको सेवन फाइदाजनक मानिदैंन् ।

अनार

अनार पनि बिहानको खानापछि नै खाँदा राम्रो हुन्छ । दिउँसो र साझमा पनि अनार खान सकिन्छ । तर रातको समयमा भने अनार खानु हुँदैन् ।

आँप

आँप धेरैको रोजाईको फल हो । यसलाई जुनसुकै समयभन्दा पनि बिहान ११ देखि बेलुकी ४ बजेसम्म खान उपयुक्त मानिन्छ । बिहान खाली पेटमा र राति आप खानु हुँदैन ।