NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

निन्द्रा पुरा नहुँदा के हुन्छ ?

एजेन्सी । स्वस्थ शरीरका लागि उचित खानपानसँगै पूर्ण निन्द्रा पनि चाहिन्छ । यदि निन्द्रा अधुरो भयो भने यसले स्वास्थ्यमा समस्या निम्याउँछ ।

एक स्वस्थ व्यक्तिले ८ घण्टाको निन्द्रा लिनु उचित मानिन्छ । निन्द्रा पर्याप्त नहुँदा यसले मोटोपना, चिन्ता, तनाव तथा डिप्रसेनसम्मको समस्या ल्याउँछ ।

केही रिपोर्टका अनुसार यदि तपाई ५ घण्टाभन्दा कम निद्रा लिनुहुन्छ भने यसले तपाईको शरीरमा शारीरी र मानसिक दुवै प्रकारका असर गर्छन् । निन्द्रा अपुग हुँदा हाम्रो मस्तिष्कले राम्रोसँग काम गर्न पाउँदैन् ।

जसले व्यक्तिको स्मरण शक्ति ह्रास हुनुका साथै मानसिक स्वास्थ्य पनि नकारातमक हुदै जान्छ । कम निन्द्राले व्यक्तिको मुड खराब गराउँछ । जसले व्यक्ति दिनभर आफूलाई फ्रेस महशुस गर्दैन् ।

निन्द्रा नपुग्दा यसको प्रत्यक्ष असर तपाईको कामलाई पुग्छ । यसले  व्यक्तिको मुड ठिक राख्दैन् । जसले एन्जाइटी, मुड स्विङ्स उच्चसँग बढ्छ । यसबाहेक, कम सुत्दा कमजोर प्रतिरक्षा क्षमतामा पनि प्रत्यक्ष असर गर्छ ।  कम सुत्ने व्यक्तिमा मधुमेहको जोखिमसमेत हुने गर्छ ।