NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रधानमन्त्रीलाई रविको आरोप : शरणार्थी प्रकरणमा मुटु कमाए, सबैमाथि छानविन गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन गर्न विशेष समिति गठन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको आकस्मिक बैठकमा बोल्दै रविले शरणार्थी प्रकरणमा अन्तर्राष्ट्रिय बेइज्यत हुँदासमेत आरोपीमाथि सरकारले छानविन गर्न मुटु कमाएको आरोप लगाए ।

‘सभामुख महोदय शरणार्थी प्रकरणमा उच्च तहका नेता, राज्यका प्राय सबै निकाय मुछिएका छन् । तर आरोपीमाथि अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई कसले रोक्यो ? गृहमन्त्रीले मुटु दह्रो बनाएर छानविन प्रक्रिया अगाडि बढाउँछु भन्नुहुन्थ्यो । प्रधानमन्त्री र गृहमन्त्रीको मुटु चेक गर्न कहाँ जाने ? अन्तर्राष्ट्रिय बेइज्यत हुँदासमेत दोषीलाई उन्मुक्ति दिन अँध्यारो कोठा तीन दलका नेताहरू बसेर छलफल गरेका छन् । छानविन गर्नका लागि विशेष संसदीय समिति गठन होस्’, सभामुखको ध्यानाकर्षण गराउँदै उनले भने ।

आफूमाथि लागेको आरोपलाई सघाउँछु भन्दाभन्दै पनि न्यूज रूमबाट प्रहरीले उठाएर लगेको स्मरण गराउँदै शरणार्थी प्रकरणमा मुछिएका सबैभाथि छानविन गर्न उनले माग गरे ।