NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नक्कली भुटानी शरणार्थी प्रकरणबारे गगन भन्छन् – लाज पनि लजायो

काठमडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा बाहिर आएका नाम सुन्दा लाज पनि लजाएको बताएका छन् ।

‘अहिले जसरी नामहरू आइरहेको छ । एकप्रकारले लाज पनि लजाएजस्तो भएको छ,’ आज संसदलाई सम्बोधन गर्दै उनले भने, ‘को–को परेको को–को नपरेको हो सुन्दासुन्दै अलि पछि जाँदै गर्दा हाम्रो वरिपरि भएका, हामीले देखिरहेका जिम्मेवारी लिएका मानिसहरू पर्ने हुन् कि भन्ने लाग्न थालेको छ ।’

नागरिकले अनुसन्धानलाई सूक्ष्म ढंगले हेरिरहेको बताउँदै उनले सलामी लिने र गर्ने जोकोही भएपनि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग राखे ।

यो विषयलाई राम्रोसँग टुंग्याउने हो भने सरकारको वाचाहरूमा विश्वास हुने उनले बताए ।

यस्तो किसिमको राज्यविरूद्धको अपराधमा न्यायालयले पनि न्यायको अनुभूति हुनेगरी काम गर्नुपर्ने उनको जोड छ । अनुसन्धान निष्पक्ष नभए विकल्पहरूको खोजी हुने र प्रश्न उठ्ने विषयमा उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज संसदलाई सम्बोधन गर्दै उनले यस प्रकरणमा सरकारले जोसुकै भएपनि निष्पक्ष छानविन गर्नुपर्ने बताएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष