NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

शरणार्थी प्रकरण : अब कसरी अघि बढ्छ प्रक्रिया ?

काठमाडौं । बुधबार दायर भएकोमा मुद्दामा शुक्रबारदेखि जिल्ला अदालतमा थुनछेकको प्रक्रिया सुरु हुनेछ ।

बिहीबार उपत्यकामा सार्वजनिक बिदा भएकाले शुक्रबार मात्र प्रक्रिया सुरु हुनेछ । सुरुमा अदालतमा पक्राउ परेका सबै अभियुक्तको बयान हुनेछ ।

त्यसपछि बल्ल थुनछेक बहस सुरु हुनेछ । सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्न पाउनेछन् । पक्राउ प्रतिवादी १६ जना भएकाले बयान र बहसका लागि कम्तीमा एक साता लामो समय लाग्ने अदालतका कर्मचारी बताउँछन् । बहस सकिएपछि अदालतले प्रतिवादीहरूलाई थुनामा राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने आदेश दिनेछन् । जिल्ला अदालतमा अत्यधिक मुद्दा भएकाले फैसला आउन भने वर्षौँ लाग्न सक्छ । नयाँ पत्रिकामा खबर छ ।