अध्यक्ष नेपाल न्यूजील्याण्ड जाँदै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जाने भएका छन् ।
न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ का अवसरमा आयोजना गरिने सभालाई उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नेछन् ।
तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
अध्यक्ष नेपालले न्यूजील्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नुहुने पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए ।
करिब एक साताको भ्रमणका क्रमाम अध्यक्ष नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली सङ्घको कार्यक्रममा समेत सहभागी गर्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : चेम्बर निर्वतमान अध्यक्ष मल्ल
-
एक किलो सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ
प्रतिक्रिया