NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेकी छिन् ।

उनलाई आज पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

यसअघि प्रहरीले यो प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको थियो । महर्जनसहित पक्राउ पर्नेको संख्या १७ भएको छ । त्यस्तै, प्रहरीको फरारमा सूचिमा रहनेहरूको संख्या १३ छ ।

प्रहरीले आफ्नो पहिलो चरणको अनुसन्धान सकेपछि यो प्रकरणमा ३० जनाविरूद्ध जिल्ला सरकारी वकिलको कार्यायले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ ।