हिमालय रोडिज यामाहा फिल्ड अडिसन देशभर खुल्यो

काठमाडाैं । हिमालय रोडिज सिजन-५ को यामाहा फिल्ड अडिसन नेपालका विभिन्न सहरमा हुने भएको छ । यामाहा रेसिङको प्रस्तुति हिमालय रोडिजले सबै थ्रिल खोज्ने र साहसिक उत्साहीहरूलाई यस यात्रामा सहभागी हुन निमन्त्रणा गरेको छ ।
रोडिज सिजन ५ को यामाहा फिल्ड अडिसन पहिलेको भन्दा ठूलो, भव्य र थप शक्तिशाली हुने आयोजकले दाबी गरेको छ । आयोजकका अनुसार यो अडिसन देशको उल्लेखनीय विविधता झल्काउँदै, सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्दै नेपालभरका विभिन्न यामाहा शोरुमहरूमा हुने छ ।
यस्तो छ तालिका :
१२ जेठ: यामाहा शोरुम, बर्दिवास
१३ जेठ : यामाहा शोरुम, इटहरी
१४ जेठ: यामाहा शोरुम, हेटौंडा
१५ जेठ: यामाहा शोरुम, चितवन
१६ जेठ : यामाहा शोरुम, बुटवल
१७ जेठ : यामाहा शोरुम, नेपालगन्ज
१९ जेठ: यामाहा शोरुम, पोखरा
२१ जेठ: यामाहा ब्लू स्क्वायर, काठमाडौं
यी अडिसनहरूमा सहभागीहरूले रोमाञ्चक चुनौतीहरूको सामना गर्नेछन् र निर्णायकहरूलाई प्रभाव पार्न आफ्ना सीमाका पर्खाललाई पनि धक्का दिनेछन् । अडिसनहरूले उनीहरूको साहस, दृढता, र टिमको रूपमा काम गर्ने क्षमताको परीक्षण गर्न डिजाइन गरिएको गहन शारीरिक र मानसिक कार्यहरूको श्रृंखला प्रस्तुत गर्नेछ । आकांक्षी रोडिजले आगामी सिजनमा स्थान सुरक्षित गर्न र रोडिज सिजन ५ को प्रतिष्ठित शीर्षकका लागि प्रतिस्पर्धा गर्ने मौकाको लागि आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ ।
यति मात्र नभई यामाहासँग आफ्ना सबै डाइ-हार्ड फ्यानहरूको लागि पनि केहि विशेष छ । मिट एण्ड ग्रिट नामक भेटघाट सत्रमा प्रशंसकहरूले आफ्ना मनपर्ने रोडिज प्रतियोगीहरूलाई भेट्ने र नजिक हुने अवसर प्राप्त गर्नेछन् ।
भेटघाट र अभिवादन सत्रले फ्यानहरूलाई रोडिजका ग्याङ लिडरहरू र होस्टहरूसँग अन्तरक्रिया गर्ने विशेष अवसर प्रदान गर्ने जनाएको छ ।
रोडिज सिजन ५ लाई साथ दिई युवा साहसीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र असाधारण यात्रा सुरु गर्ने प्लेटफर्म प्रदान गर्न पाउँदा यामाहाले गौरवान्दित महसुस गरेको जनाएको छ ।
प्रतिक्रिया