NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३

काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार राजधानीमा आयोजित ग्राण्ड फिनालेमा आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाउँदै प्रधानले ताज उचालेकी हुन् ।

काठमाडौं स्थायी ठेगाना भएकी प्रधान वातावरण अभियन्ता हुन् । २३ वर्षीया उनले वातावरण विज्ञानमा स्नातक गरेकी छन् ।

प्रधानलाई यसअघिकी मिस नेपाल प्रियंका रानी जोशीले ताज लगाइदिइन् ।

त्यसैगरी, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाले मिस नेपाल अर्थको उपाधि जितेका छन् ।