NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

आगामी आर्थिक वर्षको बजेट आज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को अनुमानित आय–व्यय विवरण बजेट आज प्रस्तुत गर्दैछ ।

अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण  महतले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।

बजेटअगावै नीति तथा कार्यक्रम पारित गर्ने र जेठ १५ गते बजेट सार्वजनिक गर्ने व्यवस्थाअनुसार आज आगामी आर्थिक वर्षको आय, व्यय विवरण प्रस्तुत गर्न लागिएको हो ।

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटको अंकभन्दा बढी नहुने बताइएको छ ।