NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आइपिएलका कुन विजेताले कति रकम पाउँछन् ?

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२३ समापन भएको छ । फाइनल खेल चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच भएको थियो । मे २९ मा भएको उपाधि खेलमा गुजरातलाई पाँच विकेटले पराजित गर्दै चेन्नईले उपाधि पोल्टामा पारेको हो ।

खेल समापनपछि अवार्ड समारोह भयो, जसमा च्याम्पियन टिम चेन्नई र फाइनलमा पराजित टिम गुजरातलाई पुरस्कार प्रदान गरियो । यसका अतिरिक्त अन्य धेरै अवार्ड यो समारोहमा वितरण गरियो ।

विगत दुई वर्षमा जस्तै यस वर्ष पनि आइपिएल विजेता टोलीलाई २० करोड रूपैयाँ दिइएको छ । फाइनलमा पराजित हुने टोलीको पुरस्कार राशीमा पनि कुनै वृद्धि गरिएन । गत वर्ष यो रकम १२.५ करोड थियो, जसलाई यथावत राखिएको छ ।

विश्वको सबैभन्दा ठूलो क्रिकेट लिगको १६ औं संस्करणमा धेरै रोचक खेलहरू देखिएका छन्। यसमा धेरै नयाँ खेलाडीहरू पनि देखापरे । र, उनीहरूको जीवन परिवर्तन भयो।

विगत दुई वर्षजस्तै यस वर्ष पनि इण्डियन प्रिमियर लिग (आइपिएल) विजेता टोलीलाई २० करोड रूपैयाँ दिइएको छ । फाइनलमा पराजित टोलीको पुरस्कार राशीमा पनि कुनै वृद्धि गरिएको छैन । गत वर्ष यो रकम १२.५ करोड थियो, जसलाई यथावत् राखिएको छ 

आईपीएलमा खर्च हुने रकमलाई लिएर लिग सधैँ चर्चामा रहन्छ । टोलीले प्राप्त गरेको पुरस्कार राशीबाहेक अन्य धेरै अवार्ड पनि प्रदान गरिन्छ । यसमा ओरेन्ज क्याप, पर्पल क्याप, फेयर प्ले अवार्डजस्ता अवार्डहरू समावेश छन्।

हामी तपाईंलाई यी सबै पुरस्कार र यसमा दिइने पुरस्कार राशीको बारेमा बताइरहेका छौं।

आइपिएल ओरेन्ज कप– यो अवार्ड पूरै सिजनमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानलाई दिइन्छ।

फेयर प्ले अवार्ड– यो अवार्ड अनुशासनपूर्वक खेल्ने, कुनै गल्ती नगरेको खेलाडीलाई दिइन्छ ।

मस्ट भ्यालुएबल प्लेयर– यो अवार्ड सिजनभर ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ।

आईपीएल पर्पल क्याप– यस अवार्डको विजेता भने आइपिएलको पूरै सिजनमा सबैभन्दा बढी विकेट लिने बलर हुन्।

इमर्जिङ प्लेयर अफ द सिजन– यो अवार्ड सिजनको उदाउँदो स्टारलाई दिइन्छ।