NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतको फेसबुक ह्याक

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको फेसबुक ह्याक भएको छ ।

अध्यक्ष बस्नेतले आफ्नो फेसबुक ह्याक गरी दुरूपयोग गरिएको जानकारी दिए । उनका अनुसार, म्यासेन्जरबाट पैसा मागिएको, कल गरेको पाइएको छ ।

फेसबुक दुरूपयोग गरी पैसा माग्ने, फोन कल गर्ने आफन्तमार्फत जानकारी पाएपछि त्यस्ता व्यक्तिको पहिचान गरी कारबाही गर्न उजुरी दिएको र खोजी कार्य भइरहेको उनले बताए ।

ह्याकरको निशानामा परेको उनको फेसबुक भने अहिले त्यसबाट मुक्त भएको छ । बस्नेतले प्राविधिक सहयोगमा आफ्नो फेसबुक एकाउन्टलाई ह्याकमुक्त गरिएको जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष