NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

धेरै चिन्ता लिँदा हुनसक्ने सम्भावित समस्याबारे जान्नुहोस्

एजेन्सी । नकारात्मक अवस्थामा चिन्तित हुनु स्वभाविक हो । यो चिन्ता समयसँगै स्वतः निको पनि हुन्छ ।

यद्यपि, धेरै चिन्ता लिँदा भने यसले थप समस्या ल्याउँछ । अधिक चिन्ताले व्यक्तिलाई मानसिक रुपमा विक्षिप्त बनाउँछ र डिप्रेसन जस्ता गम्भीर समस्याको जोखिम पनि बढाउँछ।

अधिक चिन्ताले स्नायु प्रणाली, मधुमेहदेखि रक्तचाप र हृदयाघातको जोखिमसमेत गराउँछ । जब तपाई कुनै कुराको बारेमा चिन्तित हुनुहुन्छ, शरीरबाट ‘कोर्टिसोल’ नामक तनाव हर्मोन रिलीज हुन्छ। यसले तपाईंको रक्त सञ्चारको स्तर बढाउन सक्छ।

चिन्ताले व्यक्तिको रक्तचापमा पनि प्रभाव पार्छ । जसले हृदयघात वा स्ट्रोक हुने सम्भावना पनि रहन्छ । अधिक चिन्ताले मुटुको धड्कनमा समस्या देखिन्छ । त्यसैले तनावलाई नियन्त्रणमा राख्न निकै जरुरी छ । चिन्ता र तनाव मानसिक रूपमा मात्रै नभएर सम्पूर्ण शरीरको लागि घातक छ ।

कसरी गर्ने तनाव व्यवस्थापन ?

तनाव नियन्त्रण गर्न कम कार्बोहाइड्रेटयुक्त खानामा जोड दिनुपर्छ । यसले मस्तिष्क शान्त राख्छ । त्यस्तै, पानी पिउने, शारीरीक व्यायाम, ध्यान तथा योगले पनि चिन्ता वा तनाव नियन्त्रण गर्न सकिन्छ । व्यायाम तथा योगले शरीर उर्जाशिल राख्छ र मुड पनि ताजा बनाउँछ ।